)DRAIVAR DAI PHOTO FICHER

3:56PM
Chat Conversation End



चलचित्र ‘ड्राइभर दाई’को अहिले धमाधम छायांकन भइरहेको छ । बिहिबार चलचित्रमा सामबेश एउटा गीतको छायांकन भब्य तरिकाले सम्पन्न भएको छ । अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक र सरु गौतमको स्वरमा रहेको छायांकन भएको गीतलाई बब्बु थापाले नूत्य निर्देशन गरेका हुन् । चलचित्रको ड्राइभर दाई बोलको टाइटल गीतलाई संचारकर्मी रबि अधिकारीले लेखक हुन् ।गीतमा किशोर खतिवडा र सिमा के.सी.सहित ४० जना कोरस राखेर बब्बुले शानदार तरिकाले कलाकारलाई नूत्य गराएका छन् । चार दिन लगाएर छायांकन गरिएको टाइटल गीतमा संगीतकार टंक बुढाथोकीले अलि फरक संगीत दिएका छन् । चलचित्रको यस गीतलाई हेटौडामा छायांकन गरिएको हो । गीतलाई सुमन तन्डुकार छायांकन गरेका हुन् । चलचित्रलाई बि.एस. बलामीले निर्देशन गरेका हुन् । चलचित्र ‘ड्राइभर दाई’लाई बि.एस. बलामी,राजेन्द्र गौतम ,दिपेश पाठकले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा किशोर,सिमा बाहेक प्रज्वल गिरी, धुर्ब कोईराला लगायतको अभिनय रहेको छ ।



3:56PM
Chat Conversation End

0 Response to ")DRAIVAR DAI PHOTO FICHER "

Post a Comment

Popular Posts

Labels

Popular Posts